ad ad

कारोबार


साढे ८ खर्बको वैदेशिक व्यापारमा नेपालको घाटा नै झण्डै ७ खर्ब

साढे ८ खर्बको वैदेशिक व्यापारमा नेपालको घाटा नै झण्डै ७ खर्ब

वीरगन्ज सुख्खा बन्दरगाह (फाइल तस्बिर)


नेपालखबर
माघ ७, २०८० आइतबार ११:३२, काठमाडौँ

चालू आर्थिक वर्षको पुससम्म नेपालको आयात, निर्यात र व्यापार घटेको छ। 

भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३.०९ प्रतिशतले, निर्यात ७.२३ प्रतिशतले र वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेको देखाएको हो। 

उक्त अवधिमा नेपालको व्यापारघाटा पनि २.६२ प्रतिशतले घटेको विभागले जनाएको छ। 

तथ्यांकअनुसार छ महिनामा नेपालले ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। त्यस्तै ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात र वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यसअनुसार व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ छ। 

योसँगै कुल व्यापारमा निर्यातको हिस्सा ३.८९ प्रतिशतले ऋणात्मक छ भने आयातको हिस्सा ०.४० प्रतिशत छ। आयात र निर्यात अनुपात भने ४.४६ प्रतिशत रहेको विभागले जनाएको छ। 

चालू आव र गत आवको ६ महिनाको व्यापार सूचक

(स्रोत : भन्सार विभाग)

क्र.सं. व्यापार सूचक अघिल्लो अहिले परिवर्तन (%)
आयात (रु.हजारमा) ७९२६६६२८९ ७६८१६६५७१ -३.०९
निर्यात (रु.हजारमा) ८०८०७४२१ ७४९६८०७९ -७.२३
व्यापार घाटा (रु.हजारमा) ७११८५८८६८ ६९३१९८४९२ -२.६२
कुल वैदेशिक व्यापार (रु.हजारमा) ८७३४७३७१० ८४३१३४६४९ -३.४७
आयातनिर्यात अनुपात ९.८१ १०.२५ ४.४६
कुल व्यापारमा निर्यातको हिस्सा (%) ९.२५ ८.८९ -३.८९
कुल व्यापारमा आयातको हिस्सा (%) ९०.७५ ९१.११ ०.४०


  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .