बागमती प्रदेशले सवारी प्रदुषण जाँच निजी क्षेत्रलाई दिने तयारी गरेको छ।
प्रदुषण जाँचको लागि धेरै लाइन लाग्नु पर्ने अवस्था रहेको भन्दै सडकमै चेकचाँच गर्न दिने तयारी गरेको हो।
बागमती प्रदेश श्रम तथा यातायात सचिव बलराम निरौलाले सेवाग्राहीलाई सहज हुनेगरी प्रदुषण चेक गर्ने व्यवस्था छिट्टै गर्ने बताए।
अहिले प्रदुषण चेकजाँच सरकारी निकायले मात्रै गर्दै आएको छ।
उनले प्रदेश मन्त्रालयले परीक्षणकालीन लाइसेन्स छिट्टै दिने तयारी भैरहेको बताए।
18
Shares
प्रतिक्रिया