चन्द्रागिरि हिल्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो।
आज कारोबारको सुरुवातदेखि नै कम्पनीको सेयरमूल्यमा लगानीकर्ताको आकर्षण देखिएको थियो।
सोमबार (हिजो) चन्द्रागिरि हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिएको थियो।
योसँगै कम्पनीको सबै सेयर सर्वसाधारणमा परिणत भएको छ। जसले गर्दा सबै संस्थापकको सेयर साधारण सेयरमा परिणत भएको हो।
लक इन खुल्दा अन्य कम्पनीको सेयरमूल्य घट्ने गरेको चन्द्रागिरि हिल्सको भने सकारात्मक सर्किट लागेको हो।
पछिल्लो समय होटल क्षेत्रका कम्पनी अब्बल नै देखिएका छन। वित्तीय रुपमा कम्पनीहरु अब्बल नै भएपछि लकिङ खुल्दा पनि कम्पनीको सेयरमूल्य सकारात्म सर्किट लागेको हो।
66
Shares
प्रतिक्रिया