ad ad

कारोबार


नेपाल–काजकस्तान आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा जोड

व्यवसायी चौधरीको निमन्त्रणामा काजकस्तानका राजदूतको नेपाल भ्रमण
नेपाल–काजकस्तान आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा जोड

नेपालखबर
माघ १०, २०८० बुधबार १६:९, काठमाडौँ

चर्चित उद्योगी तथा चौधरी ग्रुपका प्रबन्धनिर्देशक वरुण चौधरीले दक्षिण एसियाली नेपाल र मध्यएसियाली काजकस्तानबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धवृद्धिमा भूमिका खेलिरहेका छन्। 

उनी काजकस्तानको नेपालका लागि मानार्थ दूतसमेत रहेका छन्। गत जनवरी १३–१६ मा भएको भारतका लागि काजकस्तानका राजदूत नुर्लान झाल्गास्बायेभको नेपाल भ्रमणमा चौधरीले नै भूमिका निर्वाह गरेका थिए। चौधरीको निमन्त्रणामा उनी नेपाल आएको बताइएको छ। सो क्रममा राजदूत नुर्लानले परराष्ट्रमन्त्री एनपी साउदलगायत परराष्ट्र र अर्थ मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता भएको थियो। 

सो क्रममा द्विपक्षीय र बहुपक्षीय राजनीतिक सहकार्यबारे छलफल भएको थियो। त्यस्तै दुई देशका परराष्ट्र मन्त्रालयबीच राजनीतिक राजनीतिक परामर्शको स्थापनालगायतबारे द्विपक्षीय सहमतिपत्रको मस्यौदा तयार गरिने निर्णय भएको थियो। त्यसमा कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटन र अन्य कुराको लागि सहज भिसा उपलब्धतालगायतका विषय राखिने भएको छ। 

त्यस्तै दुवै देशले व्यापार, रक्षा र लगानी प्रवर्द्धनका लागि सम्झौताको सम्भावना पहिचान गर्ने भएका छन्। काजकस्तानले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा नेपालको विकासका सहकार्य गर्ने प्रतिबद्धता काजकस्तान राजदूतावासले विज्ञप्तिमार्फत समेत गरेको छ। 

सीजी कर्प ग्लोबलले काजकस्तानमा काजन ब्रान्डमा रहेको चाउचाउ कारखाना सन् २०१८ मा खरिद गरेको थियो। त्यसबाट वाइवाइ तयारी चाउचाउ उत्पादन गरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .