ad ad

कारोबार


८ परियोजनामा भित्रिँदै ४६ अर्ब १९ करोड विदेशी सहायता, कुनमा कति?

८ परियोजनामा भित्रिँदै ४६ अर्ब १९ करोड विदेशी सहायता, कुनमा कति?

नेपालखबर
माघ १५, २०८० सोमबार १८:१३, काठमाडौँ

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक सहायताअन्तर्गग विभिन्न द्विपक्षीय तथा बहुपक्षीय दाताहरुसँग ४६ अर्ब १९ करोड रुपैयाँको मात्रै सम्झौता भएको छ। 

कुल ८ वटा परियोजनाको लागि अनुदान र ऋण सम्झौता भएको हो। जसमा ३९ अर्ब ७० करोड रुपैयाँबराबरको ऋण सम्झौता भएको छ भने ६ अर्ब ४९ करोड रुपैयाँबराबरको अनुदान सम्झौता भएको छ। 

कात्तिक १६ गते विश्व बैंकसँग नेपाल क्वालिटी हेल्थ सिस्टम प्रोग्रामको लागि १३ अर्ब २० करोड रुपैयाँ ऋण सम्झौता भएको हो। त्यस्तै कात्तिक १४ गते एसियाली विकास बैंकसँग ग्रामीण कनेक्टिभिटी सुधार परियोजनाको लागि १३ अर्ब २० करोड ऋणको लागि नै सम्झौता गरेको हो। 

कात्तिक २६ गते १ अर्ब ८२ करोड तिब्बत सरकारले अनुदान दिने सम्झौता गरेको छ। यो फ्रेमवर्क एग्रिमेन्ट रहेको अर्थ मन्त्रालयले जनाएको छ। यो ४ वर्षसम्म खर्च गर्ने गरी अनुदान प्रदान पर्ने सम्झौता भएको हो। 

मंसिर १५ गते विश्व बैंकले खाना र पोषण सुरक्षा वृद्धि परियोजनामा २ अर्ब ६६ करोड रुपैयाँ अनुदान प्रदान गर्ने गरी सम्झौता भएको छ। 
मंसिर १६ गते नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनको लागि विश्व बैंकले नै ५० करोड रुपैयाँ अनुदान प्रदान गर्ने सम्झौता गरेको छ। 

मंसिर ८ गते एसियाली विकास बैंकले सुदृढ गर्दै सार्वजनिक वित्त व्यवस्थापन र विकसित सेवा डेलिभरी परियोजनाको लागि १३ अर्ब ३० करोड ऋण सहायताको लागि सम्झौता गरेको छ। 

स्विट्जरल्याण्ड सरकारले मंसिर ५ गते ८२ करोड रुपैयाँ अनुदान प्रदान गर्ने सम्झौता गरेको छ। जुन आर्थिक विकास परियोजनाको लागि खर्च हुनेछ। त्यस्तै स्विस सरकारले नै मंसिर १८ गते दोस्रो चरणको आर्थिक सुधारको लागि ६८ करोड रुपैयाँ अनुदान प्रदान गर्ने सम्झौता गरेको हो। 

चालू आर्थिक वर्ष सरकारले वैदेशिक स्रोतअन्तर्गत वैदेशिक ऋणअन्तर्गत २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ र अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँको लक्ष्य राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .