सेयरबजारमा साढे ५ अर्बको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १४.८८ अंकले बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको हो।
बजारमा आज १ करोड ५१ लाख ७८ हजार कित्ता सेयर बिक्री भएको हो।
योसँगै १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।
चन्द्रागिरिको सेयरमा सर्किट, हिमालयन रिको उच्च कारोबार
यस्तै आज चन्द्रागिरि हिल्ससहित तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्।
नेप्सेका अनुसार १० प्रतिशतले बढेको चन्द्रागिरिको सेयरमा लगानीकर्ताले प्रतिकित्ता ९१.४० रुपैयाँ कमाएका हुन्। त्यसैगरी समाज लघुवित्तका लगानीकर्ताले पनि ४८ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् भने रावा इनर्जीका लगानीकर्ताले प्रतिकित्ता ४५ रुपैयाँ आम्दानी गरेका छन्।
अन्य लगानीकर्ताले भने ८.७२ प्रतिशतसम्म कमाएका छन्।
यता मध्य सोलु हाइड्रोका लगानीकर्ताले भने सर्वाधिक ८.३५ प्रतिशत नोक्सानी व्यहोरेका छन्। यसअनुसार उनीहरुले प्रतिसेयर नोक्सानी नै ६९.५० रुपैयाँ व्यहोर्नुपरेको छ। यसबाहेक गुराँस लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्डलगायतका लगानीकर्ताले गुमाउनु परेको छ।
त्यस्तै आज पनि हिमालयन रि इन्स्योरेन्सको ७५ करोडको सर्वाधिक कारोबार भएको छ। यता ङादी ग्रुप पावरको २२ करोडको, नेपाल पुनर्बीमाको २० करोडको, अरुण भ्याली हाइड्रोको १४ करोड र युनाइटेड मोदी हाइड्रोको १३ करोड रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया