२०२४ को जनवरीमा ७९ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका हुन्।
सन् २०१९ को तुलनामा ९७ प्रतिशत पर्यटक आएका छन्। नेपाल आउने पर्यटकमा भारतीय नै बढी रहेका छन्।
भारतबाट २४ हजार १३९, चीनबाट ७ हजार २६७, अमेरिकाबाट ७ हजार ४७, थाइल्यान्डबाट ४ हजार ६१९ र दक्षिण कोरियाबाट ३ हजार ८१२ पर्यटक भित्रिएका छन्।
27
Shares
प्रतिक्रिया