ad ad

कारोबार


घट्यो सेयरबजार, लगानीकर्ताले ५.७५ प्रतिशतसम्म गुमाउँदा कसले कमाए?

घट्यो सेयरबजार, लगानीकर्ताले ५.७५ प्रतिशतसम्म गुमाउँदा कसले कमाए?

नेपालखबर
माघ २६, २०७६ आइतबार १०:५०,

साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। बजार कारोबार मापक नेप्से १३.७० अंकले घटेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सूचक दोहोरो अंकले घटेर १३१९.९९ विन्दुमा रोकिएको छ। आज कुल बजार पुँजीकरण १६ खर्ब र तरल बजार पुँजीकरण ६ खर्बको रहेको छ। आज १ सय ७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर बिक्री भएका छन्। कुल ११ हजार ७ सय २६ पटकको खरिदबिक्रीपछि सेयरबजारमा आज ९५ करोडको कारोबार भएको छ।

कुल १२ समूहका कम्पनीको कारोबार भएकोमा उत्पादनबाहेकका सबै कारोबार सूचक घटेका छन्। कारोबारका हिसाबले आज नेको इन्स्योरेन्सको ३ करोड ९२ लाखको उच्च कारोबार भएको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ करोड ५३ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ४६ लाखको, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड १६ लाखको र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ७१ लाखको सेयर कारोबार भएको छ।

आजको कारोबारमा कमाउने कम्पनीहरुले ३.८८ प्रतिशतसम्म धेरै आम्दानी गरेका छन्। स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.८८ प्रतिशतले सेयर मूल्य बढ्दा लगानीकर्ताले ३९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यो नै आजको धेरै वृद्धि हो। कञ्चन डेभलपमेन्ट बैंकको ३.२८ प्रतिशतले सेयर मूल्य बढ्दा प्रतिकित्ता ९ रुपैयाँ आम्दानी भएको छ।

गुमाउने कम्पनीले आज ५.७५ प्रतिशतसम्म गुमाएका छन्। धेरै गुमाएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४२ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। त्यस्तै, दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.६६ प्रतिशतले, नेपाल फाइनान्सका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .