ad ad

कारोबार


अघिल्लो सरकारले जथाभावी गर्दा अहिले स्रोत जुटाउन गाह्रो भयो : अर्थमन्त्री

अघिल्लो सरकारले जथाभावी गर्दा अहिले स्रोत जुटाउन गाह्रो भयो : अर्थमन्त्री

नेपालखबर
फागुन १, २०८० मंगलबार १९:४२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अघिल्लो सरकारले जथाभावी शिलान्यास र आयोजना घोषणा गरेकाले अहिले दबाब परेको बताएका छन्।

१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले गरेको कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार भइरहे पनि अघिल्लो सरकार (केपी शर्मा ओली नेतृत्वको) ले जथाभावी शिलान्यास र घोषणा गरेका कार्यक्रममा स्रोत जुटाउन कठिन भइरहेको बताए।

‘अघिल्लो सरकारले स्रोतको सम्भावब्यता पहिचान नगरी जथाभावी कार्यक्रम घोषणा गरेका कारण स्रोत जुटाउन सरकारलाई दबाब परेको छ,’ उनले भने, अहिलेको सरकारलाई यो दबाबबीच काम गर्नुपरिरहेको छ।’

उनले राजश्व संकलन लक्ष्यअनुसार नभए पनि पहिलेको तुलनामा बढेको बताए। गठबन्धन सरकार गठन भएयता सेयर बजारमा ३ सय अंकको सुधार आएको दाबी उनले गरे।

अन्य आर्थिक सूचकहरुमा पनि उल्लेख्य सुधार भएको भन्दै महतले अब आर्थिक सुधारमा ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .