चालु आर्थिक वर्षको साढे ८ महिना बितिसक्दा पनि विकास खर्च निकै कम देखिएको छ। फागुनको मध्य समय हुँदा जम्मा विकास बजेट ६८ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो।
चालु आर्थिक वर्षमा ३ खर्ब ७ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो। तर अहिलेसम्म २२ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको हो।
त्यसैगरी केन्द्र सरकारतर्फ अहिलेसम्म ४१ दशमलव २० प्रतिशत खर्च भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। त्यसमा अहिलेसम्म ७ खर्ब २१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।
तर सरकारले मधयावधि समीक्षामार्फत आम्दानीको स्रोत घटेको र खर्च गर्नसमेत नसकेकाले लक्ष्य संशोधन गरेको छ।
संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत मात्र खर्च हुनेछ।
योसँगै चालुतर्फ ८८ दशमलव ८४ प्रतिशत, पुँजीगततर्फ ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७ दशमलव ३९ प्रतिशत खर्च हुनेछ।
चालु आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया