२ महिनादेखि रोकिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम सुरु भएको छ।
खन्नेक्रममा माटो खस्ने लागायत भौगर्भिक कारणले रोकिएकोमा टीबीएमले सामान्य रुपमा काम सुरु गरेको हो।
१३.३ किलोमिटरको सुरुङमार्गमा १०.५ किलोमिटर खनिसक्दा टीबीएम रोकिएको थियो। आयोजनाका अनुसार महाभारत शृंखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था र भूमिगत पानीको संयोजनले समस्या भएको थियो।
सोही अवस्थामा टीबीएम म्यानुफेक्चर कम्पनी रोबिन्स अमेरिकाका विज्ञ प्रतिनिधि, एसएमईसी अस्ट्रेलियाको विज्ञ प्रतिनिधि, कोभिक चाइनाका विज्ञसहित आयोजनामा कार्यरत इन्जिनियरको अध्ययनपछि काम सुरु गरिएको छ।
आयोजनाबाट ३१ मेगावाट विद्युत् र १ लाख २२ हजार हेक्टरमा तराईमा सिँचाइ गर्ने योजना छ। सुरुङ खन्नेकाम तीव्रगतिमा भए पनि विद्युत् उत्पादन गर्न हेडवर्क्स लगायतको काम सुस्त गतिमा अघि बढेको छ।
Shares
प्रतिक्रिया