आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ- सुरक्षित भवः नामको नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ।
आईएमई पेमार्फत प्राप्त गर्न सकिने यस सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।
मात्र ३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यस सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै बिमितले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्नेछन्।
यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी अक्षमता, कुल आंशिक अक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ।
डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।
Shares
प्रतिक्रिया