ad ad

कारोबार


मौसम परिवर्तन हुँदा आजका सबैजसो माउन्टेन फ्लाइट रद्द

मौसम परिवर्तन हुँदा आजका सबैजसो माउन्टेन फ्लाइट रद्द

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १०:२५, काठमाडौँ

आइतबार बिहानैदेखि मौसममा आएको परिवर्तनको कारण काठमाडौँबाट हुने सबैजसो माउन्टेन फ्लाइट रद्द भएका छन्। 

आइतबार विहानैदेखि हिमाली क्षेत्रमा बाग्लो कुहिरो लाग्दा माउन्टेन फ्लाइटका उडान रद्द गरिएकाे सम्बन्धित एयरलाइन्सहरुले जनाएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार गएराति र आज विहानैदेखि अन्तर्राष्ट्रिय उडान भने नियमित रुपमा सञ्चालन भइरहेका छन्। बिहानबाट हुन नसकेका आन्तरिक तर्फका उडान भने आइतबार बिहान ९ बजेपछि अधिकांश सुचारु भएका विमानस्थल कार्यालयले जनाएको छ। 

तर, हिमाली क्षेत्रमा पर्ने संखुवासभाकाे तुम्लिङटार विमानस्थलमा भने अझै उडान हुन सकेको छैन। तुम्लिङटार विमानस्थललाइ बाक्लाे कुहिराेले ढाकेकाे छ।

काठमाडौँस्थित बुद्ध एयर कार्यालयका अनुसार आइतबार बिहानैदेखि तुम्लिङटारका फ्लाइट अवरुद्ध छन्। साथै केही हिमश्रृंखला नदेखिएका कारण सबैजसो पर्वतीय उडान पनि रद्द गरिएको बुद्ध एयरले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .