सेयर बजार फेरि ओरालो लागेको छ। साताको अन्तिमदिन १५.३७ अंकले घटेको हो।
नेप्से इन्डेक्स २ हजार ४८ अंकमा झर्दा ४ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ।
बिहीबार १ करोड ८५ लाख कित्ता सेयर दोस्रो बजारमा खरिद-बिक्री भएको छ।
कारोबार भएको १७ मिनेटमा बजार बढेर २०७४ अकंमा पुगेको थियो। तर त्यसपछि लगातर गिरावट भयो। ४९ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ।
बढी आम्दानी गर्ने कम्पनीमा धौलागिरी लघुवित्त, सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त संस्था, कर्णाली डेभलपमेन्ट बैंक छन्।
सबैभन्दा बढी गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावरको कारोबारमा नकरात्मक सर्किट लागेको छ।
गोर्खा फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु, गुरास लघुवित्त वित्तसंस्था लगायत रहेका छन्।
30
Shares
प्रतिक्रिया