सरकारले नयाँ बजेटका लागि सार्वजनिक तहबाट सुझाव माग गरेको छ।
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिन भनेको हो।
विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकले आगामी वैशाख मसान्तभित्र सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ।
ती सुझाव मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याबमार्फत तथा इमेलबाट समेत पठाउन सकिनेछ।
66
Shares
प्रतिक्रिया