निर्माण व्यवसायको पृष्ठभूमि भएका रमेश शर्मा किर्गिस्तानको लागि वाणिज्यदूत नियुक्त भएका छन्।
उनी नेपाल भारत चेम्बर अफ कमर्स तथा उद्योगका महासचिव समेत हुन् भने शर्मा एन्ड कम्पनीका प्रमुख रहेका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीबाट उनले यससम्बन्धी नियुक्तिपत्र लिएका छन्। किर्गिस्तानबाट नेपालमा लगानी भित्र्याउन उनीबाट पहल हुने अपेक्षा गरिएको छ।
57
Shares
प्रतिक्रिया