अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन टाँडीस्थित ग्रामीण विकास लघुवित्तका का वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीविरुद्ध संस्थाको १९ लाख २ हजार २ सय ३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको अख्तियारको आरोप छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले अधिकारीले पदमा रहँदा २०६८÷०६९ देखि उक्त रकम अपचलन र हिनामिना गरेको पुष्टि भएकोले मुद्दा दायर गरिएको बताए।
उनका अनुसार अधिकारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को कसुरमा सोही बराबरको रकम बिगो दाबी गरी सोही दफाको निर्देशअनुसारको सोही ऐनको दफा ३ को उपदफा १ को च अनुसार कैद गर्न मागदाबी गरिएको छ। सो ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो र दफा १७ अनुसार बिगो असुलउपर हुनुपर्ने अख्तियारको मागदाबी छ।
उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
75
Shares
प्रतिक्रिया