चालू आर्थिक वर्षको ९ महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ। नेपालबाट हुने वैदेशिक व्यापार २ दशमलव ९२ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको ९ महिनामा १३ खर्ब १९ अर्बको वैदेशिक व्यापार भएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १२ खर्ब ८१ अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार भएको छ। अर्थात् वैदेशिक व्यापारमा करिब ४० अर्बको गिरावट आएको छ।
चालू आर्थिक वर्षको ९ महिनामा वस्तु आयात ३२ अर्ब र निर्यात ५ अर्बले घटेको भन्सार विभागले जनाएको छ।
विभागका अनुसार गत वर्ष सोही अवधिमा नेपालमा विदेशबाट १२ खर्ब १ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो। यो वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्बको मात्रै वस्तु आयात भएको छ।
त्यस्तै १ खर्ब १८ अर्ब रुपैयाँबराबरको वस्तु गत वर्ष निर्यात गरिएकोमा यो वर्ष सोही अवधिमा १ खर्ब १३ अर्बको मात्रै वस्तु निर्यात भएको देखिएको हो।
Shares
प्रतिक्रिया