काठमाडौँमा लगानी सम्मेलन सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा एक हजार भन्दा बढी विदेशी सहभागी छन्।
भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न प्यानलमा छलफल हुँदैछ। सम्मेलनमा १ सय १३ जना वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका तेस्रो लगानी सम्मेलन गरिएको हो।
सम्मेलनमा लगानीका निम्ति नेपालले नौ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ।
24
Shares
प्रतिक्रिया