चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लिउ झाओ हुइले नेपालमा लगानीको प्रचुर संभावना रहेको बताएका छन्।
काठमाडौँमा आजदेखि सुरु भएको लगानी सम्मेलनमा बोल्दै लिउ झाओले पछिल्लो समय चिनियाँ लगानीसमेत नेपालमा बढ्दै गएको बताए।
‘नेपालले लागानीको लागि गरेको यो प्रयासलाई हाम्रो साथ र सहयोग रहने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘यो समारोह आयोजना गरेकोमा नेपाललाई मेरो बधाई छ।’
उनले चीनको लागि नेपालको यो सम्मेलन लगानीको अवसर समेत भएको उनले बताए।
‘नेपाल जति सुन्दर छ त्यतिनै लगानिको सम्भावना पनि छ। नेपालले आफ्नो सम्पदा, जलविद्युत, पर्यटन, लगायतका क्षेत्रमा सस्तो जनशक्ति लगाएर उल्लेख्य प्रगति गर्न सक्छ,’ उनले भने, ‘त्यस क्षेत्रमा चाइना थप लागानी गर्न तयार छ। नेपालमा चिनियाँ लागानीले हजारौं रोजगार सिर्जना गर्नेछ।’
उनले चिनियाँ लगानीमा निर्माण भएको काठमाडौँको रिङरोड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसको उदाहरण भएको बताए। अरनिको राजमार्ग लागायतका क्षेत्रमा चीन थप सहयोग गर्न तयार रहेको उनको भनाई थियो।
‘नेपाल चीन क्रस बोडर कनेक्टिभिटीको लागि हाम्रा रास्ट्रपति सि जिङ पिङ पनि सकारात्मक हुनुहुन्छ र चासो समेत राख्नु भएको छ,’ उनले भने, ‘हुवाले लागाएतका कम्पनीका उत्पादन समेत नेपाली बजारमा छन्। नेपालमा लगानीको बाताबरण बन्दै छ। त्यो थप सहज बन्छ भन्ने लागेको छ। लगानीको लागि नेपालमा राजनीतिक स्थिरता आवश्यक छ। सरकारले लगानीको वातावरण बनाउनेमा म विश्वस्त छु।’
Shares
प्रतिक्रिया