भारतीय उद्योग परिसंघ (सीआईआई)का अध्यक्ष सुप्रमितम दतले व्यापारको माध्यमबाट नेपाल र भारतको सम्बन्ध थप मजबुद गर्न चाहेको बताएका छन्।
आइतबारबाट सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेपालमा सहकार्यको लागि धेरै सम्भावना देखेको बताउँदै उनले पर्यटन, पूर्वाधार, जलविद्युत, प्रविधि र प्राकृतिक स्रोतमा सम्भावना देखेको बताए।
‘हामी सहकार्यका लागि तयार छौँ,’ उनले भने, ‘नेपालमा रोड, रेल वे लगायतका प्रोजेक्टमा हामी सहकार्य गर्न तयार छौँ।’
साथै, उनले एयरपोर्ट, एक्प्रेस वेमा लगानी गरेर नेपाली जटिबुटीको क्षमतामा काम गर्न सकिने उनको भनाइ थियो।
जलविद्युतको माध्यमबाट एसियाकै क्लिन इनर्जी हब बनाउन सकिने उल्लेख गर्दै उनले भने, ‘हामी उत्पादन, प्रसारणमा लगानी गरेर सहकार्य गर्न तयार छौँ।’
21
Shares
प्रतिक्रिया