विश्व बैंकका लागि दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरले नेपालको अर्थतन्त्र उत्थानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रेजरले उक्त प्रतिबद्धता जनाएका हुन्।
‘हामी विश्व बैंक समूह नेपाली अर्थतन्त्र उकास्न आवश्यक सहकार्यको लागि तयार छौँ’, उनले भने, ‘नेपाल सरकारले गरेको लगानीको सकारात्मक प्रयासको समर्थन गर्छु।’
उनले विश्व बैंक समूह जहिले पनि सहकार्यको पक्षमा रहेको दोहो¥याए। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको बताउँदै उनले पछिल्लो सात महिनामा त्यो बढेकोमा खुसी व्यक्त गरे।
तर सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानीको मामिलामा भने सधैँ चनाखो हुनुपर्नेमा उनको जोड थियो।
नेपाली संघीयतालाई राष्ट्रिय रुपमा समेत कार्यान्वयनमा लैजान पनि उनले सुझाव दिए। नेपालमा बन्नलागेको दूधकोशी योजना अघि बढ्नुपर्नेमा पनि उनले बताए।
नेपालको अर्थतन्त्रको आधार नै हरित ऊर्जा भएको उनको भनाइ थियो।
Shares
प्रतिक्रिया