सुनको मूल्य आज फेरि तोलामा चार सय रुपैयाँले बढेको छ।
शुक्रबार तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) एक लाख ३७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
वैशाख ९ गते अहिलेसम्मकै उच्च मूल्य (१ लाख ३९ हजार ३ सय) मा कारोबार भएको सुन त्यसयता घटेको हो।
1.1k
Shares
प्रतिक्रिया