नेपाली नागरिकलाई चीनले भिसा शुल्क नलिने भएको छ।
आगामी मे १ तारिखदेखि चीन जाने नेपालीले उक्त शुल्क तिर्नु नपर्ने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो।
यसका बाबजुद एक्सप्रेस फि र सर्भिस फि भने तिर्नुपर्ने चिनियाँ राजदूत छन सोङले बताएका छन्।
चीन र नेपालबीच मैत्री तथा वैयक्तिक आदानप्रदान सहजीकरण गर्न चिनियाँ दूतावासले भिसा शुल्क छुट गरिएको उनको भनाइ छ। मे १ अघि नै आवेदन लिइसकेकाले भने भिसा शुल्क तिर्नुपर्नेछ।
यसअनुसार चीन जाने नेपालीको स्ट्यान्डर्ड भिसाअन्तर्गतका सिंगल, डबल, हाफ इयर मल्टिपल, वान इयर मल्टिपल र ग्रुप भिसा (सिंगल) तर्फको नियमित तर्फ कुनै शुल्क तिर्नुपर्नेछैन।
त्यस्तै एक्सप्रेस २ मा स्ट्यान्डर्ड भिसावालले २७ सय र एक्सप्रेस १ मा ४ हजार रुपैयाँ शुल्क तोकिएको छ। ग्रुप भिसातर्फ एक्सप्रेस २ मा १ हजार ३ सय ५० र एक्सप्रेस १ मा २ हजार रुपैयाँ तिर्नुपर्नेछ।
Shares
प्रतिक्रिया