नेप्से १४.३३ अंकले बढेको छ।
योसँगै आइतबार सेयरबजारमा २ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
आइतबार १७९ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटाको घटेको र ९ वटाको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ।
आज कमाउने लगानीकर्ताले ९.०२ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गर्दा गुमाउने लगानीकर्ताले ४.६३ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
आज पोखरा फाइनान्सको १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
36
Shares
प्रतिक्रिया