उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीन सरकारबाट प्रवर्द्धित बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) बाट नेपाल अधिकतम लाभ लिन चाहने बताएका छन्।
१७ औँ नेपाल चीन (तिब्वत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्भी भण्डारीले बीआरआई अन्तगर्तत दुवै देशहरुवीच अझ गहन सहकार्य हुने बताएका हुन्।
त्यस्तै गरि उद्योग मन्त्री भण्डारीले नेपाल चीनको व्यपार अब रेबाट हुनुपर्ने समेत बताएका छन्। उनले परापूर्वकाल देखि नै नेपाल चीनको ब्यापार सम्बन्ध रहेको र अब आधुनिक चरणमा प्रवेश गरेको बताए।
‘रेलवे सञ्जालबाट चीनको मुख्यभूमि चीन र तिव्वत जोडिएको छ। त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वक भविष्यमा हिमालयलाई पार गर्ने छ र नेपालको आर्थिक क्रियाकलापको जीवनरेखाका रुपमा रहनेछ’, मन्त्री भण्डारीले भने, ‘चीनसँग नेपालको व्यापारघाटा बढ्दै गईरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने र यसबाट द्धिपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेछ।’
मन्त्री भण्डारीले उच्च हिमालयहरु र कठिन भौगोलिक अवस्थिति नेपाल चीन व्यापारमा कहिले पनि वाधाका रुपमा नभरहेको बताए।
उनले पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिएको उल्लेख गर्दै यातायातका आधुनिक साधनहरु उपलब्ध नभएको कठिन समयमा पनि व्यापारिक सम्बन्ध रहेको बताए।
नेपाल र चीन व्यापारिक वस्तुविनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्वन्ध आगामी दिनमा नयाँ उचाई पुग्ने विश्वास मन्त्री भण्डारीले व्यक्त गरे।
नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका छन्। चीनको स्थायित्व, एकता र सम्वृद्धि सदैव नेपालको अन्तर्मनको चाहना रहँदै आएको छ।
नेपाल सदैव एकचीन नीतिको समर्थक रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिवद्ध रहेको बताए।
Shares
प्रतिक्रिया