विदेशी लगानीको लागि स्वचालित माग (अटोमेटिक रुट) प्रणाली सञ्चालनमा आएको छ।
लगानी सम्मेलनको अवसरमा उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो।
विभागका अनुसार विदेशी लगानीकर्ताले प्रणालीमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायका क्षेत्रमा आवेदन दिन सक्नेछन्।
अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सक्नेछन्।
विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी त्यसले माग गरेबमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।
Shares
प्रतिक्रिया