नेपाली हेलमेट बंगलादेशमा निर्यात सुरु भएको छ।
रुपन्देहीका आवास ग्रुपअन्तर्गतको मयुर स्टिल इन्डस्ट्रिजले निर्यात थालेको हो।
रुपन्देहीको देवदहमा मयुर स्टिल इन्डस्ट्रिजले विभिन्न किसिमका हेलमेट उत्पादन गर्दै आएको छ।
यति ब्रान्डमा कम्पनीले हालै हाफ फेसमा डबल भाइजर हेलमेट बजारमा ल्याएको छ। इगल र राइडर मोडल बजारमा ल्याएको छ।
‘अहिले महिनाको एक कन्टेनर हेलमेट बंगलादेश पठाएका छौं,’ मयुर स्टिल इन्डिस्ट्रिजका प्रवन्ध निर्देशक महेश थैवले भने,‘अहिले परिक्षणको रुपमा मात्रै निर्यात भइरहेको छ। बंगलादेशका व्यवसायीले अझै ठूलो परिमाणमा हेलमेट लैजाने विश्वास छ।’
कम्पनीले नेपाल भर यति ब्रान्डमा हाफ र फुल हेलमेट बिक्री गर्दै आएको छ।
255
Shares
प्रतिक्रिया