साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ।
नेप्से ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा झरेको हो।
योसँगै बजारमा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजारको कारोबार भएको छ। ९४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएकाो हो।
आज ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताले आज ८.२१ प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबार भने आईएमई लाइफ इन्स्योरेन्सको २८ करोडको भएको छ।
45
Shares
प्रतिक्रिया