राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली काँग्रेसको कुनै विरोध नरहने बताएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा कांग्रेस सकारात्मक रहेको बताए।
संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएको पनि बताए।
उनले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताए।
उनले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने बताए।
निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको बताए। निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताए।
उनले भने, ‘निर्माण सामग्री सम्बन्धी विधेयक समितिमा आइसकेको छ। त्यसमा झन्डै ४ सय वटा संशोधन छन्। त्यसलाई पनि अघि बढाउनुपर्नेछ।’
सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रीतवद्धता जनाए।
Shares
प्रतिक्रिया