राजस्व अनुसन्धान विभागको महानिर्देशक चक्रबहादुर बुढालाई बनाइएको छ।
यसअघि विभागको महानिर्देशक नवराज ढुंगाना थिए।
विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए।
यसैबीच उनको स्थानमा बुढालाई महानिर्देशक बनाइएको हो।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको निकाय हो।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको थियो।
अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको हो।
195
Shares
प्रतिक्रिया