आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नगद लाभांश नबाँड्ने भएको छ।
कम्पनीले सञ्चालक समिति बैठकबाट २०७९÷०८० को वितरणयोग्य मुनाफाबाट नगद लाभांश बाँड्ने निर्णय गरे पनि बीमा प्राधिकरणले रोकेको हो।
सोसँगै प्राधिकरणको निर्देशनअनुसार कर प्रयोजनमा मात्रै नगद लाभांश बाँड्ने कम्पनीले जनाएको छ।
२१ गते बसेको सञ्चालक समितिको अर्को बैठकले २५ प्रतिशत बोनस सेयरको कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यसअनुसार हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ। अर्थात् १ अर्ब ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँबराबरको लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणले अनुमति दिएर कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
132
Shares
प्रतिक्रिया