सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङमार्ग करिब ८० मिटर खनिएको छ। आयोजनाका अनुसार दक्षिणबाट ४६ मिटर र उत्तरबाट ३४ मिटर खनिएको छ।
बुटवलको सिद्धबाबामा ११ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा ३ वटा बाइपास निर्माण गरिँदै छ।
आयोजनामा दक्षिणतर्फ २३ सय वर्ग मिटरमा स्लोपको काम हुँदैखछ। यसमा ९८९ वर्गमिटर सकिएको छ। दक्षिणतर्फ ११ सय वर्गमिटर काम भइरहेकोमा ४९५ मिटर स्लोपको काम सम्पन्न भएको छ।
आयोजनाको कुल भौतिक प्रगति करिब साढे ११ प्रतिशत पुगेको छ। वित्तीयतर्फको प्रगति १७.५ प्रतिशत भएको सुरुङमार्ग आयोजनाले जनाएको छ।
गत माघ पहिलो हप्ताबाट सुरुङ खन्न सुरु भएको थियो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सीएससीईसीले निर्माण गरिरहेको छ।
२०७८ मा ठेक्का सम्झौता भए पनि पूर्वतयारीमा धेरै समय लागेको थियो। सुरुङमार्गमा ड्रिल एन्ड विस्फोट गरी खनिरहेको छ।
आयोजनाको ठेक्का ७ अर्ब ३४ करोड रुपैयाँमा लागेको छ।
Shares
प्रतिक्रिया