हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेप्सेमा कम्पनीको कुल १० करोड ४० लाख कित्ता सेयर सूचीकृत छ।
योसँगै कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।
गत चैत ६ मा कम्पनीले वार्षिक साधारणसभाबाट ४ प्रतिशत बोनस सेयर बाँड्ने विशेष प्रस्ताव स्वीकृत गरेको थियो।
बोनस सेयर वितरणपश्चात् कम्पनीले १० सेयर बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरिसकेको छ।
543
Shares
प्रतिक्रिया