नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश रोकिदिएको छ।
कम्पनीले सेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्ता पुँजीको २६.९८ प्रतिशत र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।
यसअनुसार कम्पनीले १ अर्ब ६ करोड २५ लाख रुपैयाँबराबरको बोनस सेयर र ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ नगद लाभांश दिनलागेकामा प्राधिकरणले २४ गते पत्र पठाउँदै वितरण रोकेको छ।
सोसँगै कम्पनीले मंगलबार सञ्चालक समितिको बैठक बसी लाभांश रद्द गरिएको जनाएको छ।
81
Shares
प्रतिक्रिया