नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको धितोपत्रबजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।
जेठ १५ गतेभित्र बोर्डको इमेल [email protected] मा सुझाव पठाउन सकिने बोर्डले जनाएको छ।
नियामकीय संस्था बोर्डका अनुसार सरकारको पुँजीबजारसम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतालाई दृष्टिगत गरी आव २०८१/८२ मा जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने कार्यका लागि सुझाव माग गरिएको हो।
सबै सरोकारवाला पक्षले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि सुझाव दिन सक्ने बोर्डले जनाएको छ।
36
Shares
प्रतिक्रिया