पशुपति सेरामिक्स् प्रालिले आफ्नो उत्पादन एटीएस टायल्स्को परीक्षण बिक्री वितरणको सुरुवात गरेको छ। सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्यसम्पूर्ण पूर्वतयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको जनाएको छ।
नेपालमा पहिलो बहुर्राष्ट्रिय टायल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएको छ।
कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००बाइ४०० मिमिको पार्किङ्ग टायल र ६००बाइ६०० मिमिको सेमी–भिट्रिफाइड टायललाई बजारमा ल्याएको हो। भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३००बाइ४५० को वाल टायल र ६००बाइ१२०० को जिभिटी र पिजिभिटी टायल उत्पादन गर्ने जनाएको छ।
कम्पनीले यी सबै प्रकार र आकारको टायल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ।
‘अन्तर्राष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टायललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्री वितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छाैँ,’ कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने, ‘यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डको टायल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ।’
साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे।
‘उसोत अन्तराष्ट्रिय गुणस्तरको टायल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैयाँ देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छाैँ,’ कार्यकारी निर्देशक रौनीयारले अगाडी भने।
करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आकलन रहेको छ।
टायल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ। भने सोचअनुसारको डिजाइनमा टायल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भिविष्यमा टायल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्वत गर्ने कम्पनीले विश्वास लिएको छ।
Shares
प्रतिक्रिया