सुनको मूल्य आज (आइतबार) तोलामा पाँच सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य आज तोलाको एक लाख ३८ हजार चार सय कायम भएको छ।
गएको शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३७ हजार नौ सय थियो।
गएको बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रहेकाे सुनको मूल्य शुक्रबार २३ यसले बढेर एक लाख ३७ हजार नौ सय पुगेको थियो।
आज शुक्रबारको कारोबार मूल्यमा ५ सयले बढेको हो। आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३७ हजार ७५० कायम भएको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार एक हजार सात सय ३५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ घटेर एक हजार सात सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
402
Shares
प्रतिक्रिया