ad ad

कारोबार


सोह्रौँ आवधिक योजनाका लक्ष्य पूरा गर्न १ सय ११ खर्ब लगानी गर्नुपर्ने

निजी क्षेत्रको लगानी सबैभन्दा बढी हुने
सोह्रौँ आवधिक योजनाका लक्ष्य पूरा गर्न १ सय ११ खर्ब लगानी गर्नुपर्ने

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:४७, काठमाडौँ

सरकारले सोह्रौँ आवधिक योजनाका लक्ष्य पूरा गर्न १ सय ११ खर्ब लगानी गर्नुपर्ने उल्लेख गरेको छ। 

आर्थिक वर्ष २०८१/०८२ को मूल्यमा ९४ खर्ब लगानी गर्नुपर्दा प्रचलित मूल्यमा १११ खर्ब बढी लगानी गर्नुपर्ने भएको हो।

आगामी ५ वर्षमा सेवा क्षेत्रबाट सबैभन्दा बढी लगानी गर्ने लक्ष्य राखेको छ। सेवा क्षेत्रबाट ५८ खर्ब ८० करोड लगानी गर्दा प्राथमिक क्षेत्रबाट ७ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ। 

द्वितीय क्षेत्रबाट २८ खर्ब ४९ अर्ब रुपैयाँ लगानीको आवश्यकता हुने अनुमान छ। समृद्धिका राष्ट्रिय लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी सबैभन्दा बढी हुने अनुमान गरिएको छ। 

सार्वजनिक क्षेत्रको ३०.२ प्रतिशत, निजी क्षेत्रको ६७.२ प्रतिशत र सहकारी क्षेत्रबाट २.६ प्रतिशत लगानी गर्नुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .