ad ad

कारोबार


नेपाल चेम्बर र अर्मेनिया चेम्बरले व्यापार र सूचना प्रविधिमा सहकार्य गर्ने

नेपाल चेम्बर र अर्मेनिया चेम्बरले व्यापार र सूचना प्रविधिमा सहकार्य गर्ने

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १७:२८, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरे।

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तार लयायतका विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो। संयुक्त लगानीमा उत्पादित वस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए। यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमणका लागि पनि सहजीकरण गर्ने सहमति भएको छ।

वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ।

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यान्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ। नेपाल र अर्मेनियाबीच सन् १९९३ मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .