नेपाली बजारमा हिजो (बिहीबार) इतिहासकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज घटेको छ।
आज सुन तोलामा सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ४० हजार पुगेको छ। यो नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
आज छापावाल सुन तोलामा सात सयले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज तेजावी सुन एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहरहेको छ।
चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १ हजार ८ सयमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य एक हजार आठ सय पाँच रुपैयाँ थियो।
2.7k
Shares
प्रतिक्रिया