नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सुन आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भइ एक लाख ४० हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।
यसअघि बिहीबार तोलामा एक लाख ४० हजार पुगेको छापावाल सुनको मूल्य शुक्रबार सात सयले घटेर एक लाख ३९ हजार तीन सय कायम भएको थियो। आज एक हजार ६ सय बढेर सुनको मूल्य एक लाख ४० हजार नौ सय निर्धारण भएको हो।
शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४० हजार दुई सय निर्धारण भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० कायम भएको छ। शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय थियो।
1.5k
Shares
प्रतिक्रिया