मौद्रिक नीति समीक्षापछिको पहिलो कारोबारले सेयरबजारमा उत्साह छाएको देखिएको छ।
समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरबजारमा लगानीका लागि सहज गरिदिएपछि सेयरबजारमा उत्साह देखिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम ह्वात्तै बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
कुल १ करोड २२ लाख ४० हजार ८ सय २ कित्ता सेयर उक्त रकममा कारोबार भएको हो।
दिनभरिमा ७४ हजार ९ सय ९१ पटक कारोबार भएको थियो।
आज परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा पुगेको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ८ अंकले बढेको छ।
त्यसैगरी माइक्रोफाइनान्स ६१, जलविद्युत् ३०, होटल ६८ अंकले बढेको छ।
279
Shares
प्रतिक्रिया