ad ad

कारोबार


सरकारको नीति तथा कार्यक्रमको संशोधन ९ गते पेस गर्न सकिने, छलफल ११ गते

सरकारको नीति तथा कार्यक्रमको संशोधन ९ गते पेस गर्न सकिने, छलफल ११ गते

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १३:१६, काठमाडौँ

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको छलफल संघीय प्रतिनिधिसभामा यही जेठ ११ गते हुने भएको छ। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चर्को नाराबाजीका बीच आज सभामुख देवराज घिमिरेले आगामी आवको नीति तथा कार्यक्रमको छलफलको दिन ११ गतेलाई तोकेका हुन्। 

सभामुख घिमिरेले भने, ‘सम्माननीय राष्ट्रपतिले गर्नुभएको सम्बोधनबमोजिम उल्लिखित आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८१ जेठ ११ गतेको दिन तोकेको छु।’

उक्त दिनमा आव ०८१/०८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधिको आधारमा गर्न सम्बन्धित दलका पदाधिकारीहरुले वक्ता सदस्यको नाम बैठक सुरु हुनु १ घण्टा अगाडि कार्यव्यवस्था शाखा संसदीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराइदिन पनि सभामुखले आग्रह गरेका छन्। 

साथै आव ०८१/०८२ को लागि नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न यही ९ गते बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभा कार्यव्यवस्था शाखा संघीय संसद सचिवालय सिंहदरबारमा दिन सकिने उनले बताए। संशोधनको सूचनाको फारम पनि सोही शाखाबाट पाइने उनले बैठकमा बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .