चर्चित स्मार्ट उपकरण ब्राण्ड ओप्पोले नयाँ फाइभजी ‘फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज’ सार्वजनिक गर्ने घोषणा गरेको छ। निकै प्रतीक्षारत ग्लोबल लञ्च ओप्पोको युट्युब च्यानलमार्फत मार्च ६ मा आयोजना गरिने कम्पनीले जनाएको छ।
अन्वेषण ओप्पोको डीएनएको एक अभिन्न अंश हो। कम्पनी निरन्तर नवप्रवर्तन, नयाँ सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न हर सिमाना नाघ्न सदैव तत्पर रहेको कम्पनीको दाबी छ।
आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको हो। विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ।
फाइन्ड एक्सटू सिरिजमा ओप्पोले अहिलेसम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ। यो स्क्रिनमा रिजोलुसन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिलेसम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ। यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीको दावी छ ।
साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल(मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको छ। यसले गर्दा अद्वितीय फाइभजी अनुभवलाई वास्तविकतामा परिणत गर्न सफल भएको छ।
प्रतिक्रिया