नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिएको छ।
पेट्रोलियम मजदुरले गरेको आन्दोलनको कारण काठमाडौँका धेरैजसाे पेट्रोल पम्प आज बन्द छन्। ज्याला बढाउन माग गर्दै पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन गरेकाे हाे।
आइतबार आयल निगमसँग भएको वार्ता विफल भएपछि उनीहरु काम बन्द गरेर आन्दाेलनमा उत्रिएका छन्।
मजदुरको ज्याला वृद्धिको माग पेट्रोल पम्प र ढुवानी व्यवसायीले सम्बोधन गर्नुपर्ने विषय भएको आयल निगमले जनाएको छ।
निजी पेट्रोलपम्पहरु बन्द हुँदा नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा आज बिहानैदेखि डिजल र पेट्रोल भर्न सवारी साधनको लामाे लाइन लागेको छ।
429
Shares
प्रतिक्रिया