नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिइएको छ।
बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले दैनिक काम अगाडि बढाउने अधिकार डा.अधिकारीलाई बाँडेको बताएका हुन्।
‘अध्यक्षको हैसियतले मैले दैनिक काम कारबाही अगाडि बढाउन उहाँलाई जिम्मेवारी दिएको हो’, उनले नेपालखबरसँग भने।
बोर्डले अध्यक्ष रानाको अनुपस्थितिमा डा.अधिकारीले सम्हाल्न सक्ने जिम्मेवारी दिएको हो। गत जेठमा अर्थ मन्त्रालयले सहसचिव रानालाई बोर्डको अध्यक्षको रुपमा पठाएको थियो।
60
Shares
प्रतिक्रिया