ad ad

कारोबार


हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

नेपालखबर
साउन १५, २०८१ मंगलबार १४:८, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले बनेपा शाखा २ लाई स्थानान्तरण गरेको छ।

बैंकले उक्त शाखा साबिक स्थानबाट करिब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका ७, काभ्रेबाट आइतबारदेखि पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ। 

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई स्थानान्तरण गरिरहेको छ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन्।

हाल बैंकका नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६५ सयभन्दा बढी पस टर्मिनल र १७ हजार बढी विप्रेषण भुक्तानी केन्द्रहरु रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .