राजस्व अनुसन्धान विभागमा नयाँ महानिर्देशक र उपमहानिर्देशकले जिम्मेवारी सम्हालेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ सहसचिवलाई विभागको जिम्मेवारी दिएको हो।
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरेले आइतबार विभागको जिम्मेवारी सम्हालेका छन्।
अघिल्लो हप्ता सरकारले ५९ सहसचिव सरुवा गर्दा विभागका महानिर्देशक चक्रबहादुर बुढालाई सरुवा गरेको थियो।
विभागको उपमहानिर्देशकमा सहसचिव कृष्णकुमारी श्रेष्ठलाई दिइएको थियो।
यसअघि विभागमा उपमहानिर्देशकको जिम्मेवारी कसैलाई पनि दिएको थिएन।
‘विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरे र उपमहानिर्देशकमा कृष्ण कुमारी श्रेष्ठले जिम्मेवारी सम्हाल्नुभएको छ’, सूचना अधिकारी नवराज अधिकारीले भने।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहालले जिम्मेवारी सम्हालेका छन्। यसअघिका महानिर्देशक कमलकुमार भट्टराईको सरुवा भएपछि सुमन दाहाल विभागको जिम्मेवारी सम्हालेका हुन्।
Shares
प्रतिक्रिया