ad ad

कारोबार


किन गर्नुहुँदैन बिमा सरेन्डर? नेपाल लाइफको यो भिडिओ हेर्नुहोस्

किन गर्नुहुँदैन बिमा सरेन्डर? नेपाल लाइफको यो भिडिओ हेर्नुहोस्

नेपालखबर
भदौ १०, २०८१ सोमबार ११:५५, काठमाडौँ

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनचेतनामूलक भिडिओ सामग्री सार्वजनिक गरेको छ।

कम्पनीले बिमितहरुले आफूले लिएका बिमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बिमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ भिडिओ सार्वजनिक गरेको जनाएको छ।

कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि बिमालेख सरेन्डर गर्नुहुँदैन भन्ने सन्देश उक्त भिडिओले दिएको कम्पनीले उल्लेख गरेको छ। 

भिडिओमा जीवन र जीवन बिमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्नसक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ। 

मुख्य पात्रको भूमिकालाई अलि पृथक् तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको छ।

काल्पनिक भिडिओमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बिमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बिमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न  समेत विशेष आग्रह गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बिमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बिमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको कुरा बताए। 

उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे। आगामी दिनमा पनि कम्पनीले बिमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .